चितवन–२: रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता

चितवन । चितवन क्षेत्र नं २ का उमेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा चारवटा उजुरी दर्ता भएका छन् । आज दिउँसो ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको तीन महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकोले उनको उमेदवारी खारेजीको माग गर्दै दाबी उजुरी परेको छ ।

उमेदवारका प्रतिनिधिले दर्ता गरेको उजुरीमाथि निर्वाचन अधिकृतले जाँच बुझ गरि आवश्यक निर्णय गर्ने छन् भने युवराज पौडेलले दर्ता गरेको उजुरीको बारेमा लामिछानेसँग स्पष्टीकरण लिएर कागजपत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले  जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको