चितवन । पूर्वी चितवनकाे कालिका नगरपालिकामा वित्तीय जाेखिम न्यूनीकरणकाे लागि शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
कालिका नगरपालिकाले वित्तीय जाेखिम न्यूनीकरणकाे लागि सहकारीका सञ्चाकल तथा व्यवस्थापकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । आर्थिक संकटका कारण सहकारीमा परकाे असर,वित्तीय जाेखिम र त्यसले स्थानीय आर्थिक विकासमा पार्ने प्रभावका विषयमा छलफल गरिएकाे मेयर विनाेद रेग्मीले बताए ।
उनले सहकारीकाे नीति,सिन्दान्तकाे अनुसरण गरि पारदर्शी काराेबार गर्न मेयर रेग्मीले सहकारीका संचालकलाई निर्देशन दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशब प्रसाद उपाध्यायले आर्थिक शंकटका बेला सहकारीले अबलम्बव गर्नु पर्ने सजकता,बचत तथा ऋण लगानीकाे विषयमा सञ्चालकहरुलाई सचेत गराईएकाे बताए ।
कार्यक्रममा स्थानीय र प्रदेश स्तरीय कार्यक्षेत्र भई कालिकामा सञ्चालनमा रहेका २५ वटा सहकारीकाे सहभागिता रहेकाे सुचना अधिकारी प्रकासचन्द्र पाैडेलले जानकारी दिए ।









