भरतपुरमा भोली विद्युत अबरुद्ध हुने

चितवन । भरतपुरमा भोली (शनिवार) दिनभर विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सूचना जारी गर्दै विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अबरुद्ध हुने जानकारी दिएको हो ।

आँपटारीदेखि बसपार्क क्षेत्रसम्म सडक विस्तार कार्यको लागि विद्युतका संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ । नारायणगढ, भरतपुर–१, हस्पिटल, औद्योगिक–१, औद्योगिक–२, न्यु फिडर र गणेशथान क्षेत्रमा विद्युत अवरुद् हुन लागेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको