चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राप्तीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका–३ का २४ वर्षीय ज्ञानबहादुर प्रजालाई करिब १० किलो गाँजासहित नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आफ्नै घरटहरामा लागुऔषध लुकाईछिपाई राखेको छ भन्ने सुचनाको आधारमा सोमबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक पदम बहादुर बस्ताकोटीको कमाण्डमा खटिएको टोलीले प्रजालाई पक्राउ गरेको पण्डितले बताए । प्रजामाथि थप अनुसन्धान भइरहेको छ ।









