गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा आइपुगेका छन् । आईतवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आएका हुन् ।
अहिले राष्ट्रपतिले गोरखा दरबार मन्दिरमा पुजा अर्चना गरिरहेका छन् । राष्ट्रपति पौडेलले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ। पौडेल करिब दुई घण्टा गोरखामा रहेर आजै काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।









