चितवन । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रमकाबीच ३ करोड नजिक पुगेको नेपालको जनसंख्या विवरण सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
यस्तै विवरण अनुसार चितवनको जनसंख्या ७ लाख नाघेको छ । जिल्लामा कुन जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ । जसमध्ये पुरुष ३ लाख ५१ हजार ७८९ र महिला ३ लाख ६८ हजार ७० रहेका छन् । चितवनमा एक महानगर, एक गाउँपालिका र ५ नगरपालिका गरि कुल ७ स्थानीय छन् । सबै स्थानीय तहमा कति पुग्यो जनसंख्या ? यहाँ प्रस्तुत गरेका छौं ।










