सर्लाही । जंगली जनावलाई थापिएको करेन्टमा परि सर्लाहीको बलरामा एकजनाको मृत्यु भएको छ।
भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो।
रामअक्षय गएराति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय धरापमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन्।
जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन्।









