रत्ननगरको शहीद स्मृति क्याम्पसमा अखिल संयुक्तको प्यानलै विजयी

चितवन । रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघलाई पराजित गर्दै अखिल संयुक्त प्यानलका राजेन्द्र सापकोटा निर्वाचित भएका छन् ।

मतगणना अनुसार ४५१ मत प्राप्त गर्दै सापकोटा सभापतिमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघका मनिष सुवेदीलाई १३० मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । सापकोटासंग पराजित सुवेदीले ३२१ मत मात्रै प्राप्त गरे ।

आइतवार साँझ सम्पन्न मतदानबाट कुल ७ सय ८१ अर्थत ६१ दशमलब २५ प्रतिशत मत खसेको थियो । समानुमातिक तर्फ ७ सय ७७ मत खसेको थियो ।

यस्तै अखिल संयुक्त प्यानलकी मोनिका सिलवाल ४३६ मत प्राप्त गर्दै सचिव, पानस तामाङ (पारस लामा) ४१९ मत प्राप्त गर्दै कोषध्यक्षमा निर्वाचित भएका छन् । सदस्हरुमा अनिता भण्डारी ४४३, चिरञ्जीवी ढुङ्गाना ४५१, नितिन बस्नेत ४३९, विमला अधिकारी ४०१, विष्णु प्रसाद बगाले ४११, सबिना श्रेष्ठ ३८१ र सुरक्षा गुरुङले ३८३ मत प्राप्त गर्दै निर्वाचित भए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको