उमाबडी आदर्श शेरचन कलेजमा अनेरास्ववियुको ताला

चितवन । नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियुले उमाबडी आदर्श शेरचन कलेजमा तालाबन्दी गरेको छ ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा वास्तविक बिद्यार्थीलाई मताधिकारबाट बञ्चित गर्न लागिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।  “वास्तविक बिद्यार्थीलाई मताधिकारबाट बञ्चित गर्ने सुनियोजित प्रपञ्चले गरिएको निर्णयको हामी घोर भ्रत्सना गर्दछौँ  । स्नातक दोस्रो र तेस्रो बर्ष अध्यानरत बिद्यार्थीलाई क्याम्पस प्रशासनले कुनै आमुख संगठनलाई सहज हुनेगरी बाँकि रहेको सबै रकम तिर्नु अनि मात्र भर्ना गर्नु भनि गरिएको निरङकुश निर्णयले आम बिद्यार्थीमाझ निराशा पैदा मात्र गरेको छैन, स्ववियु र यसको महत्वमाथि प्रहार गरेको अनेरास्ववियुले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।”

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको