चितवन । चितवनको रत्ननगर नगरपालिकाले भोलि मंगलवार थारु समुदायको लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गरी थारु समुदायले भोलि मंगलवार होली पर्व मनाउने भएकोले उक्त समुदायलाई मात्र सो दिन विदा दिने निर्णय गरिएको जनाएको छ ।
रत्ननगर थारु समुदायको बाहुल्य नगर भएकाले पर्व मनाउन सहज होस भनेर भोलि एकदिन थारु समुदायलाई मात्र सार्वजनिक विदा दिइएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । सामान्यतया होली पहाडी क्षेत्रमा आज सोमबार र तराईमा भोली मंगलबार मनाईने गरिन्छ ।










