चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु

चितवन । काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ ।

उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो । उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको