राष्ट्रिय युवा संघ कालिका नगरकमिटीको अध्यक्षमा जीवन थापा मगर सर्वसम्मत चयन

चितवन। राष्ट्रिय युवा संघ नेपाल कालिका नगरकमिटीको अध्यक्षमा जीवन थापा मगर चयन भएका छ्न । आज कालिका २ मा भएको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट जीवन थापा मगर नेतृत्वमा ७५ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा शैलेश रिमाल, सचिवमा जूना तामाङ, कोषाध्यक्षमा प्रबिशा थापा, सह-सचिवमा आकाश लामा, सह-सचिवमा अमित गुरुङ चयन भएका छ्न ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा(एमाले) पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा युवा संघका केन्द्रिय उपाध्यक्ष रामजी सापकोटा रहेका थिए।
कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले युवा संघलाई अझ शशक्त र मजबुत बनाउनका लागि सबैले जिम्मेवारी कार्यबिभाजन गरेर काम गर्नुपर्ने बताए। कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख एवं नेकपा(एमाले) जिल्ला कमिटी सदस्य बिनोद रेग्मी, पार्टी प्रदेश कमिटीका सदस्य दिवस पान्डे, कालिका नगर अध्यक्ष केशब लामा लगायतको उपस्थित रहेको थियो ।


कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल कालिकाका संयोजक पुर्ण चौधरीले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला कमिटी सचिव झलकराज भट्टले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको