चितवनमा  लागूऔषध ‘कोरेक्स’ सहित ३ जना पक्राउ

चितवन ।  चितवनमा ३३ बोतल लागुऔषध ‘कोरेक्स’ सहित ३ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो ४ः३० बजेको समयमा पूर्वीचितवनको खैरहनी नगरपालिका–६, जमौलीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कारलाई चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कार चालक भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ४० का सुरज कुमार शाही, कारमा सवार सोही स्थानका वर्ष ३६ का प्रकाश गौतम र कारमा सवार वडा नं. ०२ बस्ने वर्ष ५० का शैलेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । कारको पछाडीपट्टिको सिटमा कार्टुनभित्र लुकाई छिपाई ल्याएको लागूऔषध १० एमएलको ३३ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको