चितवन । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धन कार्यक्रममा चितवनका चार क्याम्पस छनोट भएका छन । विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकको सहकार्यमा संचालित तेस्रो चरणको कार्यक्रम उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धनमा चितवनका चार क्याम्पस छनोट भएका हुन । क्याम्पसबाट प्राप्त प्रस्तावनाको आधारमा अनुदान आयोगले चार क्याम्पस छानेको हो । जसमध्ये भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी क्याम्पस, खैरहनी क्याम्पस र शहिद स्मारक क्याम्पस रहेका छन ।
देशभरबाट ७९ वटा क्याम्पसलाई अनुदान आयोगले छनोट गरेको छ । अनुदान आयोगले उत्कृष्ट शैक्षिक संस्थालाई छनोट गरेको हो । यस परियोजनामा छनोट भएका क्याम्पसहरुले भौतिक पूर्वाधार विकास, अनुसन्धान प्रर्वधन, वातावरण अनुकुल पूर्वाधार विकास, क्याम्पसभित्र सुचना प्रविधि पूर्वाधारको विकास, ट्रेसर स्टडी, विद्यार्थी नतिजा सुधार, विज्ञान तथा कम्प्युटर प्रयोगशाला निर्माण र शिक्षक कर्मचारीको क्षमता विकास लगायतका कार्यक्रममा वित्तिय अनुदान सहायता प्राप्त गर्न सकिने सप्तगण्डकी क्याम्पसका विश्वविद्यालय अनुदान आयोगका प्रोजेक्ट प्रमुख डाक्टर कपिलदेव सुवेदीले बताउँनुभयो ।
उहाँका अनुसार परियोजनाबाट प्राप्त हुने सहयोग रकम परिणाममा आधारित रहेको छ, तसर्थ क्याम्पसहरुले कुनै कार्यक्रम सम्मपन्नगरि त्यसको प्रतिबेदन बुझाए पश्चात त्यसमा लागेको सम्मपुर्ण खर्च विश्वविद्यालय अनुदान आयोगमा दाबि गर्न सक्छन र नियामअनुसार भुक्तानी प्राप्त गर्न सक्छन । सुवेदीले क्याम्पसहरुले पाएको यो अवसरलाई सहिरुपमा सदुपयोग गर्नुपर्ने बताउँनुभयो । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धन शिर्षकमा १ अर्व २० करोड बजेट विनियोजन गरेको छ । यसभन्दा अघि सप्तगण्डकी क्याम्पस उच्च शिक्षामा बिशिष्टताको प्रबद्र्धन कार्यक्रममा पनि छनोट भएको थियो ।









