चितवन । चितवनमा क्रियाशिल बिद्यार्थी संगठनले स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनको स्वागत गरेका छन । आज अनेरास्ववियुको पहलमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा संयुक्तरुपमा बसेको बिद्यार्थी संगठनको बैठकले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको स्वागत गरेका हुन । उनिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्ववियु हुन नसक्दा बिद्यार्थी आन्दोलनमाथि नै प्रश्न चिन्ह खडा भई रहेको यस घडीमा हुन लागेको निर्वाचनलाई स्वच्छ, मर्यादित र धाधली रहित ढंगले सम्पन्र्न गर्ने प्रतिबद्धता जनाएका छन । त्रिभुवन विश्वबिद्यालयले जारी गरेको कार्यतालिका अनुसार नै स्ववियु निर्वाचन कार्यक्रम अगाडी बढाउँन बिद्यार्थी संगठनले पब्लीक क्याम्पससँग माग गरेको अनेरास्ववियु चितवनका सहसंयोजक हरि अचार्यले बताउँनुभयो । चितवनमा तिन आङगिक क्याम्पस र १६ पब्लीक क्याम्पससहित १९ वटा क्याम्पसमा स्ववियु निर्वाचन हूदैँछ ।
विज्ञप्तिसहित










