चितवन । चितवनमा एकै विद्यालयका दुई छात्राले एकैदिन आत्महत्या गरेका छन् ।
भरतपुर महानगरपालिका–२९, स्थित कविलास माध्यमिक विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत दुई छात्राले हिजो (मंगलबार) केही समयको अन्तरालमा आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुई छात्राले केही घन्टाको अन्तरालमा आत्महत्या गरेका हुन् । १८ र १५ वर्षका दुई छात्राले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले यस घटनाले विद्यालय परिवार दुखी भएको बताए । उनले के कारणले उनीहरुले आत्महत्याको बाटो रोजे त्यसबारे केही जानकारी नभएको बताए । उनका अनुसार केही महिनाअघि विद्यालयका एक छात्राले पनि आत्महत्या गरेकी थिइन् ।









