चितवन प्रहरीद्वारा लागुऔषध र सवारी ज्यान कसुरका २ फरार प्रतिवादी पक्राउ

चितवन । लागुऔषध र सवारी ज्यान कसुरमा चितवन जिल्ला अदालतबाट दोषी ठहर भएपश्चात फरार रहँदै आएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको २०७७ चैत १२ गतेको फैसलाले लागूऔषध कसूरमा ६ वर्ष १० महिना ६ दिन कैद र ७० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका–२४ बस्ने पदम बहादुर तामाङलाई मंगलवार नियन्त्रणमा लिई बुधवार अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यस्तै, अदालतको २०७७ माघ १५ गतेको फैसलाले सवारी ज्यान कसूरमा २ वर्ष ११ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर–२८ बस्ने हरी प्रसाद काफ्लेलाई पनि मंगलवार नै नियन्त्रणमा लिई बुधवार अदालतमा उपस्थित गराईएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको