चितवन । चितवनमा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १ का ४४ बर्षीय राजेश बस्याल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार राती सांँढे ८ बजे रत्ननगरनगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा टांँडीबाट भरतपुर तर्फ जांँदै गरेको ना १६ प १७२७ नम्बर मोटरसाइकल र भरतपुरबाट टांँडी जांँदै गरेको ना २१ प ७२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते ना २१ प ७२५ नम्बरका मोटरसाइकल चालक बस्यालको उपचारको क्रममा बिहिबार राती ९ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना१६ प १७२७ नंम्बरको मोटर साइकल चालक कालिका नगरपालिका वडा नम्बर ६ बस्ने दिवस श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन ।