
कविताको शिर्षक
“कुलत”
उसले प्राध्यापकको छोरीको हात माग्यो
विवाह गर्नलाई
प्राध्यापकको छोरी थिए कि थिएनन
प्राध्यापकलाई नै थाहा होला
तर प्राध्यापकले उसलाई जवाफ दिएनन।
उसले अविवाहित उप ( प्राध्यापक लाई विवाहको प्रस्ताव राख्यो
उसले यस पल्ट पनि जवाफ पाएन ।
विवाह र घरव्यवहार पनि कुलत सरी नै हो।
अब हेरौँ उसको कुलत संक्षिप्तमा
उसले चुरोट खायो
चुरोटको कुलत बस्यो
चुरोट छोड्न खैनी खायो
खैनीको कुलत बस्यो
जाँड खायो
जाँडको कुलत बस्यो
जाँड छोड्न गाँजा खायो
गाँजाको कुलत बस्यो
गाँजा छोड्न भाङ्ग खायो
भाङ्गको कुलत बस्यो
भाङ्ग छोड्न गुट्खा खायो
गुट्खाको कुलत बस्यो
उसले केही छोड्न सकेन
तथा
विष बाहेक
महादेवले खाएका सबै कुरा खायो।
कुलतमा फसेको उ
अध्ययन र अनुसन्धानमा पनि त्यस्तै कुलतमा फसेको थियो
बिग्रिएर पनि
उसले प्राय परीक्षा पास गर्यो,
भ्रमको नारा लगाएर
त्रिकालदर्शी भनेर उफ्फ्निे ज्योतिषीलाई
आफ्नो चिना
आफूले लेखेको पुस्तकमा प्रकाशित गरेर देखायो ।
काल सँग उसले जुवा खेल्यो
किनकि त्रिकालदर्शीले उसको काल देखे
आफ्नो देखेनन
उसको कुलत मृत्यु थियो
त्यसैले उसलाई मृत्युले सम्झायो,
हार्न सिक केटो
कुलत एक दैनिकी हो
आफ्नो कर्ममा लाग
मेरो पनि कुलत छ
म कसैलाई छोड्दिन
र मलाई कसैले पराजित गर्न सक्दैन ।
लेखक- अर्जुन ढकाल
(झापा हाल काठमाडौं)