आज चितवन आउँदै रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन आउँदै छन् । उनको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लागेका छन् । शनिबार र आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने आज साँझ चितवन आउन लागेका हुन् ।

उनी प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका थिए । उनको नागरिकता सर्वाेच्च अदालतले अवैध ठहर गरेपछि उनको सांसद पद नै खारेज भएको थियो । यद्यपी उनले नयाँ नागरिकता लिइसकेका छन् ।

रवि सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । रविले शनिबार बिहान साढे ६ बजे मौलाकालिका मन्दिरको दर्शन गर्ने छन् । त्यसपछि आफ्नो निवासमा पुगि खाना खाएर खैरहनी जाने छन् । त्यहाँ एक कार्यक्रममा सहभागी भई करिब २ बजेतिर कोटिहोम महायज्ञ र साढे २ बजेतिर लंकुस्थित अर्काे महायज्ञमा सहभागी हुने सिग्देलले बताए ।

शनिबार बेलुकीपख मेघौली र गोलाघाटमा आयोजित विभिन्न कार्यक्रममा पनि रवि सहभागी हुने तय भएको सिग्देलले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको