चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानले उत्पादन गरेका तरकारी सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्ने बताएका छन् । भारतीय तरकारीका कारण नेपाली उत्पादनले बजार नपाएको भन्दै आज चितवनका किसानले पुलचोकमा तरकारी फालेका थिए ।
सडकमा फालेको तरकारीको फोटो सामाजिक सञ्जालमा राख्दै रविले सडकमा तरकारी फाल्नुपर्ने बाध्यताको अन्त्य गर्न समाधान खोजिने बताए । साथै उनले केहि दिनमै चितवन आउने बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन, बजार छैन । किसानले सुनौलो भबिस्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मुल्यहिन बनेर सडकमा फाल्नुपर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं। प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है।’