चितवन । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा विश्व सिमसार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज क्याम्पसमा वातावरण विज्ञान अध्यान गर्ने विद्यार्थीहरुको क्लब क्लब अफ इनभाईरोमेन्ट साईन्स सप्तगण्डकीको आयोजना तथा विज्ञान तथा वातावरण संकायको सहयोगमा मानव तथा सम्पूर्ण प्राणी जगतका लागि सिमसारको महत्व, सिमसारको अवस्था तथा संरक्षणका चुनौतीहरु विषयकमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रम क्याम्पसको सभाहलमा भएको थियो । अन्तरक्रिया कार्यक्रम क्लब अफ इनभाईरोमेन्ट साईन्स सप्तगण्डकीका अध्यक्ष सुगम धितालको अध्यक्षता तथा क्याम्पस प्रमुख मणिराज महत्वोको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमका प्रमुख आतिथि क्याम्पस प्रमुख मणिराज महत्वोले सिमसारको संरक्षणमा हरेक व्यक्तिको भूमिका रहेको र वातावरण पढ्ने विद्यार्थीहरूले यसको नेतृत्व लिनुपर्ने साथै यस्ता रचनात्मक कार्यहरुलाई निरन्तरता दिन र प्रयोगात्मक अध्ययनमा लाग्न आग्रह गर्नुभयो। प्राध्यापक गिरिराज उपाध्यायले मानवजीवनमा सिमसारको महत्व वारे थप प्रकास पार्नुभएको थियो। कार्यक्रममा विज्ञान विभागीय प्रमुख रबिराज सुवेदि, प्राध्यापक गिरिराज उपाध्याय, रामकृष्ण खनाल, नवीन निरौला, सुष्मा तिवारीको उपस्थितिमा रहेको थियो । कार्यक्रममा प्राध्यापक केशव आचार्य र धुर्व आचार्यले सिमसारको महत्व अवस्था र संरक्षणका चुनौतीहरु विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। विद्यार्थीहरुको तर्फवाट दृष्टि रेग्मी, स्वस्तिका मुखिया, सर्मिला रायमाझी लगाएतले सिमसारको महत्व विषयमा आफ्ना भनाईहरु राखेका थिए ।
विद्यार्थीहरुले अन्तरक्रिया कार्यक्रम अगाडि विहान ७:३० बजे सिमसार संरक्षण र यसको महत्व झल्काउने प्ले कार्ड र व्यानरसहित क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख अन्य अतिथिहरुको उपस्थितिमा क्याम्पस परिसर देखि भरतपुर अस्पताल, चौविसकोठी हुदै क्याम्पससम्म र्यालीसमेत गरेका थिए। प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थीकोतर्फबाट पोस्टर प्रस्तुतिकरण गरेको थियो ।
साथै विद्यार्थीहरुले Wetland Day सेल्फी पोईन्टको स्थापना तथा सिमसारमा पाईने जीव तथा वनस्पतिको पेन्टिङ समेत गरेका थिए । कार्यक्रममा सिमसारसंग सम्बन्धित हाँजिरिजवाफ तथा कविता गजल बाचन समेत गरिएको थियो । कार्यक्रममा पानीको महत्व झल्किने डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सन्चालन क्लबका कोषाध्यक्ष सिजन न्यौपानेले गरेका थिए ।