दुधको  न्युनतम मुल्य प्रतिलिटर ७० रुपैयाँ बनाउन  चितवनका किसानको माग

चितवन ।  चितवनका दुग्ध उत्पादक किसानले दुधको मुल्य वृद्धि गर्न माग गरेका छन । आज चितवन जिल्ला दुग्ध उत्पादक संघले पत्रकार सम्मेलनको आयोजना गर्दै दुधको मुल्य वृद्धि गर्न माग गरेका हुन । उनिहरुले दुधको लागत मुल्य तथा उपभोग्य बस्तुको भाउँ बढेको भन्दै दुधको मुल्य वृद्दि गर्न माग गरेका हुन । किसानले दुधको न्युनतम मुल्य ७० रुपैयाँ पुयाउँन माग गरेका छन ।

चितवन जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष किश्वर बगालेले जिल्लामा कृषि पेशा अपनाउँने मध्ये ६३ प्रतिशत दुध उत्पादक किसान रहेको बताए । उनका अनुसार चितवनमा ६८ हजार ६११ दुधालु गाईभैँसी रहेका छन । जसबाट दैनिक ३लाख ५० हजार लिटर चितवनमा दुध उत्पादन भैरहेको छ उनले भने उत्पादन भएका दुध मध्ये ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा सप्लाई हुँदै आएको छ । अध्यक्ष बगालेले दुधको मुल्य एक वर्षदेखि नबढेको तर ढुटो, मकै, पिना, दाना, चोक्कर जस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा परेको बताए । उनले चोकरलाई चितवनबाट विस्थापन गर्न समेत आग्रह गरे । घाँसको प्रयोग बढाउँन र चोकरको कम प्रयोग गरेर चोकरलाई विस्थापन गर्न किसानलाई समेत उनले आहवान गरेका छन । त्यस्तै वाग्लेले बैँक तथा बित्तीय संस्थाहरुलाई ऋण असुलीमा धरपकड नगर्न समेत अनुरोध गरेका छन ।

संघका उपाध्यक्ष केशव पोख्रेलले चितवन जिल्ला दूध उत्पादनको मुख्य केन्द्र भएको बताए । उनका अनुसार पछिल्लो समय लागत मूल्य बढ्दा तथा राज्यले ठोस कदम नल्याउँदा किसान मर्कामा परेका छन् र विदेश पलायन हुन बाध्य भएका छन् । त्यस्तै संघका केन्द्रिय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले नेपाल सरकारले विसं २०७८ साल माघ १६ गते दूधको मूल्य बढाएदेखि हालसम्म नबढाएको जानकारी दिए । उनका अनुसार हाल बजारमा चोक्करको मूल्य एक हजार ५०० बाट २२ सय पुगेको छ । जसले गर्दा किसान मर्कामा छन् । उनी भन्छन्, ‘सरकारले उपभोग्य वस्तुको मूल्य निधारण नगर्दा कालो बजारी बढ्दै गएको छ । जसको कारण किसानलाई आर्थिक भार धेरै छ । ’ अहिले  किसानले प्रति लिटर दूधको मूल्य जम्मा ५६.४ पैसा मात्रै पाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको