चितवनमा हात्तीको आक्रमणबाट तीन जना घाइते

चितवन ।  चितवनको खैरहनी नगरपालिकास्थित हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा काम गर्न जाने क्रममा आइतबार बिहान करिब ७ बजे तीन जना महिलालाई हात्तीले आक्रमण गरेको हो ।हात्तीको आक्रमणबाट तारा आले, निसा चौधरी र राधा चौधरी घाइते भएका स्थानीय संचारकर्मी संजय दुवाडीले बताए । घाइते तीनैजनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।

खैरहनी–१३ का वडा अध्यक्ष कुल प्रसाद भुसालका अनुसार जंगलको सिमाना जोडिएको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तिले उनीहरुलाई आक्रमण गरेको हो। केहिदिन देखि उक्त हात्तीले खैरहनी १२ र १३ मा आतंक फैलाउंदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको