अनेरास्ववियु गाेरखाकाे अध्यक्षमा प्रताप ढकाल

गोरखा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाको अध्यक्षमा प्रताप ढकाल निर्वाचित भएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठनकाे आज सम्पन्न १४औं जिल्ला भेलाले ढकालको अध्यक्षमा २७ सदस्यीय कमिटि निर्माण गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय बरिष्ट उपाध्याक्ष आरसी लामिछानेको प्रमुख अतिथिमा १४औं जिल्ला सम्मेलन भएको हो । सम्मेलनले जिल्ला उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा प्रमिला खड्का, सह-सचिवमा मिलन बराम, कोषाध्क्षमा बिक्रम तामाङसहितको पदाधिकारी चयन गरेको अनेरास्ववियुले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्वावियु निर्वाचनको मिति घोषणा गरसंगै विभिन्न विद्यार्थी संगठनले जिल्ला भेला तथा सम्मेलन मार्फत प्रशिक्षण कार्यक्रमसमेत गर्दै आएका छन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै संगठनका बरिष्ट उपाध्यक्ष लामिछानेले निकट समयमा स्वावियुमा आफ्नो संगठनको बलियो उपस्थिति देखाउन निर्देशन दिएका थिए । उनले विद्यार्थी हकहितका साथै जिल्ला भित्रका हरेक सामुदायिक विद्यालयमा संगठन निर्माणमा जोड दिन निर्देशन दिएका थिए ।

लामिछानेले देशको जिम्मेवारी अनेरास्ववियुकाे काँधमा थपिएको बताए । उनले देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन विद्यार्थीको भुमिका अहम भएकोले सबै विद्यार्थीहरुलाई एकजुट हुन आग्रह गरे ।

विद्यार्थी देशको कर्णधार भएकोले विद्यार्थीहरुलाई संगठित हुन उनले अनुरोधसमेत गरेका थिए । उनले विद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई विस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

उनले देशका सबै ठूला नेता विद्यार्थी राजनीतिको उत्पादन भएकोले यसलाई राजनीतिको नर्सरीका रुपमा मान्न सकिने तर्क गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको