चितवनमा रवि लामिछानेको समर्थनमा प्रदर्शन

चितवन । चितवनमा रवि लामिछानको समर्थनमा आज (शनिबार) प्रदर्शन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल र्‍याली निकालिनुको साथै प्रदर्शन भएको हो ।

शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान  समर्थकहरुले  प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए । भरतपुरको विशाल चोकबाट निस्किएको र्‍याली बाइपास सडक खण्ड हुँदै बसपार्क, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ । यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको