उपचारमा समस्या भएपछि क्यान्सर अस्पतालको बेडमै दिइयो नागरिकता

चितवन । नागरिकता नभएका कारण स्वास्थ्य उपचारमा समस्या भएपछि माडी नगरपालिका वडा नं. ६ निवासी निरज विश्वकर्मालाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ । सरकारले क्यान्सर रोगका बिरामीलाई दिइने उपचार खर्च अनुदान लिन समेत कानुनी समस्या भएपछि प्रशासन कार्यालय माडी प्रमुख चित्ररेखा सिलवालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्पताल आएर विश्वकर्मालाई नागरिकता प्रदान गर्नुभएको हो ।

माडी–६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेलको विशेष पहल र नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको उपस्थितिमा नागरिकता प्रदान गरिएको छ । वडा अध्यक्ष पौडेलले जनप्रतिनिधि जनताका सेवक हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै अस्पतालको शैयामा गएरै नागरिकता दिइएको बताउनुभयो ।

नगर प्रमुख ताराकुमारी काजी महतोले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिरामी निरज विश्वकर्माकी आमा मधुमाया विश्वकर्माले भावुक हुँदै दुःखको बेला गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको