चौतारीको कोषलाई आचार्यले गरे दश हजार सहयोग

चितवन । प्रेस चौतारी चितवन शाखाले स्थापना गरेको कल्याणकारी कोषमा आर्थिक सहयोग भएको छ ।

प्रेस चौतारी चितवनका उपाध्यक्ष समेत रहेका पत्रकार कृष्ण आचार्यले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर कोषलाई सहयोगलाई १० हजार रुपैयाँ सहयोग गरेका प्रेस चौतारी चितवन सचिव ध्रुवराज खनालले जानकारी दिए ।

उपाध्यक्ष आचार्यले चौतारीको शुक्रवार भएको वैठकमा अध्यक्ष सुवास पण्डितलाई १० हजारको चेक हस्तान्तरण गरेका थिए । चौतारीले स्थापना परेको कल्याणकारी कोषमा हाल सम्म १ लाख १२ हजार रुपैयाँ संकलन भईसकेको छ । प्रेस चौतारीमा आवद्ध रहेका सदस्यहरुले जन्मदिन, शुभ कार्यको अवसर पारेर सहयोग गर्दै आएका छन् ।

जिल्ला अध्यक्ष पण्डितको अध्यक्षतामा वसेको वैठकले प्रेस चौतारीको स्थापना दिवस माघ २२ गते भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ । सोही अवसरमा चौतारी जिल्ला शाखाको निर्माण गर्न लागिएको भवनको डिजाईन प्रस्तुतीकरण गरि सुझाव संकलन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको