चितवन। चितवनमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १० : १५ बजेको समयमा चितवन रत्ननगर नगरपालिका ८ चित्रसारी मन्दिर नजिकै बागमाराबाट चित्रसारी तर्फ आउदै गरेका सोही ठाँउका ४८ बर्षिय सुन बहादुर लोप्चनको मृत्यु भएको हो ।
उनी साईकलबाट आफै लडि बेहोस भई घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता एवम् डिएसपी बिजय राज पण्डितले बताए ।अहिले मुचुल्का सहितको टोली खटीई घटना स्थलको मुचुल्का उठाउने कार्य भईरहेको प्रहरिको भनाइ छ ।









