अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुतला

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुतलादहन गरेको छ।

कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयविरुद्ध अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि खनालको राजीनामा माग्दै उनको पुतलादहन गरेको हो।

शिक्षामन्त्रीले व्यापारीलाई पोसेको, गरिब विद्यार्थीमाथि अन्याय गरेको अनेरास्ववियूको आरोप छ। मन्त्री खनाल शैक्षिक दलाल भएको उनीहरूको भनाइ छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको