गोरखाको गण्डकी गाउँपालिकाले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गरे अनुदान दिने

गण्डकी । गोरखाको गण्डकी गाउँपालिकाले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई अनुदान दिने भएको छ ।गण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको हो ।
गाउँपालिकाले अनुदानका लागि आर्थिक बर्ष २०७९/८०का लागि रु ८ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै कृषक जग्गा भाडा अनुदान कार्यक्रमको परिधिमा रहि कृषि उत्पादन गरिएका प्रति रोपनी रु ३ हजारका दरले अनुदान प्रदान गरिने जनाएको छ ।
गाउँपालिकाका अनुसार जग्गा भाडामा लिएर तरकारी खेती गरेका निम्न आयस्रोत भएकालाई प्राथमिकता दिइने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको