चितवन । त्रिशुली नदी किनारमा एक जना पुरुषको शब फेला परेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज दिउँसो २ बजेको समयमा चितवनको इच्छाकमना ४ कुरिनटार नजिकै धारापानी स्थित त्रिशुली नदी किनारमा पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
अन्दाजी ३०/३२ बर्षको पुरुषको शबको पहिचान नभएको र पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।









