चितवनको कुरिनघाटमा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई जना घाइते, एकको अवस्था गम्भीर

चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनघाटमा सवारी दुर्घटना हुदाँ दुई जना घइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट मुग्लि तर्फ जादैँ गरेको ना ४ ख १२४० नम्बरको ट्रकले विपरित दिशबाट आउँदै गरेको बा २२ प ७७७६ नम्बरको मोटरसाइकललाई दिउँसो ३ बजेर १५ मिनेटको समयमा ठक्कर दिदाँ मोटरसाइकलमा सवार चितवनको इच्छाकामना ४का बर्ष २७ को तुल बहादुर गुरुङ र बर्ष २६ को रमेश मगर घाइते भएका हुन् ।

घाइते मध्ये रमेश मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । मोटरसाइकल ,ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको