काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । सत्तागठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।
रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन् । उपसभामुखको शनिबार निर्वाचन हुँदैछ ।









