पाेखरा विमान दुर्घटना: चितवनकी एयरहाेस्टेसकाे मृत्यु

चितवन । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडीका एक जनाको मृत्यु भएको छ ।विमानको चालक दलको सदस्य रहनुभएका माडी-८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका ओसिन आलेमगरको दुर्घटनामा निधन भएको हो ।

चालक दलका चार जनामध्ये एक रहनुभएका एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्समा भर्ती हुनुभएको थियो । उहाँले केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गर्नुभएको थियो ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्नुहुन्थ्यो । ओसिनको दुःखद् निधन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको