एमाले चितवनले जनताको समस्या, एमालेको सम्वोधन अभियान चलाउने

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनले जनताको समस्या, एमालेको सम्वोधन अभियान चलाउने भएको छ । एमाले चितवनको छैंटौ पूर्ण बैठकले आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म संगठन व्यवस्थापन, जनपरिचालनसहित जनताको समस्या,एमालेको सम्वोधन अभियान चलाउने निर्णय गरेको हो।

एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जनताको बीचमा पार्टीलाई लैजान यस्तो अभियान चलाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार तीन महिना पार्टीका वडा कमिटी, पालिका कमिटीहरुको बैंठक, जनपरिचालन लगायतका कार्यक्रममा पार्टी परिचालन हुने हुनेछ । एमालेले यो अवधिमा संगठन व्यवस्थापन, जनसरोकारका मुद्धामा पार्टीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै तिनको समाधानमा दवाव दिने गरी अभियान चलाउने अध्यक्ष न्यौपानेले बताए । यसका लागि अगुवा नेता नेताहरुको रोष्टर तयार गरी परिचालन गरिने उनले बताए ।

एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाल, एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेसहितको उपस्थिती रहेको बैठकले निर्वाचनको समिक्षा, भावी योजना तय गरेको छ । पार्टीलाई जनताका बीचमा स्थापित गर्न विभिन्न ढंगबाट परिचालित गर्ने योजना बनेको अध्यक्ष न्यौपानेले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको