अनेरास्वबियु माडी नगर कमिटीको अध्यक्षमा चौधरी चयन

चितवन । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्वबियु माडी नगर कमिटीको अध्यक्षमा राकेश चौधरी चयन हुनु भएको छ । माडी क्याम्पसको सभाहलमा सम्पन्न विद्यार्थीहरुको एक भेलाले आज सम्पन्न राकेश चौधरीको अध्यक्षतामा ३१ सदस्यीय माडी नगर कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा श्रीराम वाग्ले, सचिवमा सुधा बिष्ट, सहसचिव सुमित चौधरी, कोषाध्यक्षमा कैलाश कोइराला रहनु भएको छ।त्यसै गरि भेलाले विभिन्न विभागका प्रमुखहरुको समेत चयन गरेको छ । जस अनुसार अखिल फोर्स प्रमुखमा लोकेश खड्का,महिला फाँट प्रमुखमा पुष्पा लामिछाने, अतिरिक्त बिभाग प्रमुखमा अनुज भण्डारी र सास्कृतिक बिभाग प्रमुख रिता नेपालीले जिम्मेवारी प्राप्त गर्नु भएको छ ।
अनेरास्वबियु चितवन जिल्ला कमिटी सह- संयोजक हरि आचार्यको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेकपा एमाले माडी नगर समितिका अध्यक्ष नारायण अधिकारी विशिष्ट आतिथि रहनु भएको थियो । कार्यक्रममा बिद्यार्थी अगुवा बिमल केशी र युवा संघ माडी अध्यक्ष मुन्ना मियाले मन्तव्य राख्नु भएको थियो । अनेरास्वबियु माडी नगर कमिटी अध्यक्ष संजय ढकालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको