चितवनमा  जाली नोटसहित एक महिला पक्राउ

चितवन । चितवनमा  जाली नोटसहित एक महिला पक्राउ परेकी छन् । आइतबार अपरान्ह ६ बजे इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले कालिका नगरपालिका–१ की ४२ वर्षीया गंगा तामाङलाई १३७ थान जाली नोटसहित पक्राउ गरेको हो ।

तामाङले आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरि जानी जानी बजारमा चलाउनका लागि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रु.१००० दरका १३७ थान जाली नोट नियन्त्रणमा लिईएको छ ।

तामाङलाई मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको