चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैंडा मृत भेटिएको छ ।

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा आइतबार विहान गैंडा मृत्त भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । निकुञ्जको नियमित संयुक्त गस्ति टोलिले अन्दाजी १८ वर्षको एक पोथी गैडा मृत अवस्थामा फेला उनले बताए ।

साथै उक्त गैंडाको खाग खुर सुरक्षित रहेको र प्राकृतिक कारण (बुढोभएर) मृत्यु भएको निकुञ्जले जनाएको छ ।

फोटोः फाइल

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको