निर्मल धिताल, चितवन । कालिका नगरपालिका- ३ मा रहेको श्री मातृभुमी कृषि तथा पशुपंक्षी सहकारी संस्था लि. को दोश्रो साधरण सभा सम्पन्न भएको छ ।
श्री बनकट्टा आधारभुत बिद्यालयको प्राङ्गणमा उक्त सहकारीको साधरण सभा सम्पन्न भएको हो । बागमति प्रदेश सभा सदस्य कृष्ण सिलवालको प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिमल प्रसाद धितालले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । धितालले संस्थाको पुजी तथा दायित्व र सम्पत्ति तथा जायजात रु ८९,३०,५३५.९४ रहेको बताए। साथै, संस्थाले रु ४,७०,३७९.९८ शुद्ध नाफा गरेको समेत जानकारी दिए । कार्यक्रममा बोल्दै बागमति प्रदेश सभा सदस्य प्रमुख अतिथि कृष्ण सिलवालले संस्थालाई अझै गतिशिल र उत्कृष्ट बनाउनका निम्ति सम्पुर्ण शेयर सदस्यहरुको हातेमालो आवश्यक पर्ने बताए। उक्त संस्थाको ५२० जना शेयर सदस्य छन । संस्थाले नियमित मासिक बचत गर्ने उत्कृष्ट सम्मान समेत गरेको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, कालिका ३ का वडा अध्यक्ष बिरेन्द्र तामाङ लगायतले पनि मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष हिरामणी पोखरेल अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्य समिति सदस्य लिलाधर पौडेलले स्वागत मन्तव्य राखेका थिए।










