बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सक, नर्स सहित ठूलो संख्यामा कर्मचारी माग

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विशेषज्ञ चिकित्सक ११औँ तहका विशेषज्ञ चिकित्सकदेखि स्टाफ नर्ससम्मका लागि स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

११औँ, दशौँ र नवौँ तहमा गरी २० जना विशेषज्ञ चिकित्सक माग गरिएको छ । सबै भन्दा धेरै स्टाफ नर्स २० जनाका लागि आवेदन खुलाइएको छ । सातौँ तहको नर्सिङ अधिकृत पदमा ३ जनाका लागि विज्ञापन गरिएको छ ।

सबै गरी अस्पतालले ५३ पदका लागि आवेदन खुलाएको छ । योग्यता पुगेका इच्छुकले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिनसक्ने अस्पतालको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको