चितवनमा प्रहरीद्वारा अवैध गाँजा र अफिम खेती नष्ट

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा र अफिम खेती नष्ट गरिएको छ । राप्ती–११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र राप्ती–१२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा करिब २० बिगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती र ७ कट्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध गाँजा र अफिम खेती नष्ट गरेको हो । गाँजा र अफिम खेती गरिएको बारे सूचना प्राप्त भएपछि पुस १९ र २० गते प्रहरी टोली खटिएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको