चितवनमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खन्न गर्ने सवारीसाधन नियन्त्रणमा

चितवन । चितवन प्रहरीले अवैधरुपमा नदिजन्य पदार्थ उत्खन्न गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । आज बिहान ९ बजेको समयमा ईलाका प्रहरी कार्यलय खैरहनीबाट खटिएको प्रहरी टोलिले सवारीसाधन नियन्त्रणमा लिएको हो । खैरहनी-३ मा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा बा १ क ६०३६ नं. को जेसिबि, ग २ ख ९३४ नं. को टिपर, ना ८ ख २९३४ नं. को टिपर, ना ७ ख २६७३ नं. को टिपर र ना ८ ख ६२ नं. को टिपर नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि खैरहनी नगरपालिका पठाईएको चितवन प्रहरीले जनाकारी दिएको छ । त्यस्तै आजै ईलाका प्रहरी कार्यलय टाँडीबाट खटिएको टोलिले पनि रत्ननगर – ३ बाट अवैध नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा ना ८ ख १४९४ नं. को टिपर र ना ८ ख ५९५३ नं. को टिपरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि रत्ननगर नगरपालिका पठाईएको प्रहरीले जनाकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको