नेकपा एसको पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।

बैठकमा आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषयमा छलफल हुनेछ ।

नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको