पोखरा । नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि) देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ ।
अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।









