काठमाडौँ । आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत बनाएको भन्दै पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् ।
आफूले पार्टी नेतृत्व समक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ ।









