हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षका बहादुर लामा विजयी भएका छन् । संस्थापन पक्षबाट बाहिरिएका इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।
लामाले २१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी बानियाँले १६ मत प्राप्त गरे । दलको नेता चुन्न आज दिउँसो प्रदेश राजधानी हेटौंडामा निर्वाचन भएको थियो । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।









