जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो । बारा २ बाट निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

संसदीय दलको नेताको रेसमा अशोक राई र राजकिशोर यादवले पनि दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा सहमति खोजिएको जसपाका एक नेताले बताए । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको