चितवन । प्रहरीले चितवनको कालिका नगरपालिकाबाट अवैध काठसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार १:१५ बजे कालिका नगरपालिका २ कमलपुरस्थित ५ नम्बर बाटोबाट अवैध काठ ल्याउदै गरेको अवस्थामा ना २८ प ५७०० र ग ५ प २२३१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीले मोटर साइकलसँगै अवैध रुपमा ल्याउदै गरेको १० थान सालको चिरान फान्टा पनि नियन्त्रणमा लिएको छ । गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेर चालक फरार भएको प्रहरीले जनाएको छ । file pic









