नारायणगढमा सडक अतिक्रमण  गरी बनाइएका घरटहरा आज दोस्रो दिन पनि भत्काइयो

चितवन । नारायणगढमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा आज दोस्रो दिन पनि भत्काइएको छ । उद्योग वाणिज्य संघ चितवन र स्थानीयको विरोधका बाबजुद संरचनाहरु भत्काइएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने लायन्सचोक देखि पुलचोकसम्म दायाँ बायाँका अवैध संरचनाहरु भत्काइने सडक डिभिजनका सूचना अधिकारी चण्डेश्वर साहले बताएका छन् । डोजरले बजारका भवनहरु भत्काउन थालेपछि कतिपयले आफैँ भत्काउन थालेका छन् ।

डोजरले धेरै क्षति पु¥याउने भएकाले स्थानीयले आफैले भत्काउन थालेका हुन् । बजार क्षेत्रका संरचनाहरु भत्काएपछि बजार युक्रेनको युद्ध भूमी जस्तो देखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको